Register NGO
संघसंस्था विवरण संकलन (डाटावेस)
सीपशाला:The Skill Hub, नेपालको समाज रुपान्तरण र विकासलाई सहजिकरण गर्ने एक संस्था हो । यसले नेपालभरी रहेका विभिन्न विषयमा कार्यरत सामाजिक संघ संस्थाको विवरण संकलन गरि डाटावेस बनाउदै छ । यसमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका गैह्र सरकारी संस्था साथै दर्ता नभईकन पनि स्थानिय स्तरमा सकृय क्लबहरुले आफ्नो विवरण उपलब्ध गर्राई संघसंस्था डाटावेसमा संलग्न हुन सक्नुहुने छ ।
डाटावेसमा संलग्नताको प्रकृया र फाईदाहरु:
गुगल फारमबाट संघसंस्थाको छोटो विवरण संकलन गरिने छ ।
आवश्यकताको आधारमा थप विवरण माग गरि प्रत्येक संस्थाको छोटो प्रोफाईल बनाईने छ ।
संस्थाको भौगोलिक अवस्थिति र विषयगत क्षत्रका आधारमा क्लष्टरिङ्ग गरिने छ ।
वेवर्साईट मार्फत नेपालभरिका संघसंस्थाको विवरणको सवैलाई पहुँच दिईने छ ।
स्तानिय, राष्ट्रिय, अन्तराष्ट्रिय सरकारी, गैह्र सरकारी लगाएतका सरोकारवला निकायलाई सहकार्यताको सहजताका लागि समय समयमा डाटावेसबारे जानकारी दिईने छ ।
संस्थाको भौगोलिक अवस्थिति र विषयगत क्षत्रका आधारमा उपलब्ध क्षमता विकास, सहकार्य, अर्थवृद्धि सम्बन्धि जानकारीहरु नियमित रुपमा उपलब्ध गर्राईने छ ।
विवरण नेपाली वा अंग्रेजी भाषामा उपलब्ध गराउन सक्नुहुने छ ।
कुनै जिज्ञासा भएमा skillhubnepal@gmail.com मा लेखि पठाउनहुन अनुरोध छ ।